कञ्चनपुर – कञ्चनपुरको महाकाली नदी किनारमा एक जनाको शव फेला परेको छ । जिल्लाको भिमदत्त नगरपालिका – १३ स्थित निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने ६५ वर्षीय रामस्वरुप सुनारको शव बुधबार बिहान भेटिएको हो । स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ ।
मृत्युको कारण खुलेको छैन । प्रहरीका अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउचोट छैनन् । शवको पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।















