कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई दुई वर्षपछि बुधबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका ५ वनखेतका राजेन्द्रसिंह महरालाई प्रहरीले उनकै घरबाट पक्राउ गरी कारागार चलान गरेको हो ।
ज्यान मार्ने उद्योगमा महरालाई जिल्ला अदालत कञ्चनपुरले ०७८ मंसिर २२ मा २ महिना १६ दिन कैद र ८० हजार जरिवाना तोकेको थियो ।०७६ असार १७ मा मुद्दा दर्ता हुँदा उनी धरौटीमा छुटेका थिए । अदालतलै फैसला सुनाएदेखि नै उनी फरार भएको प्रहरीले जनाएको छ ।















