काठमाडौं– बैशाख १० गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रका विद्यालय र सरकारी निकायमा सरकारले सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार शुक्रबारदेखि ती क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ। मन्त्रालयले सूचना जारी गर्दै तनहुँ–१, बारा–२ र चितवन–३ का निर्वाचन हुने क्षेत्रका विद्यालय र सरकारी निकायलाई सार्वजनिक बिदा दिएको हो।
आइतबार यी तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। यता निर्वाचन आयोगले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिइसकेको छ।













