धनगढी – कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बेलौरी नगरपालिका- ८ पचुइकी ४२ वर्षिया गंगा चन्दको शव आज बिहान फेला परेको हो ।
आज बिहान बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान प्राविधिक टोलीले बाघलाई पनि नियन्त्रणमा लिइएको छ ।













