• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

  • १०. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

सुदूरपश्चिम र गण्डकीपछि लुम्बिनी : एमालेका तीन मुख्यमन्त्री क्रमैसँग सत्ताबाहिर

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

काठमाडौं- मंसिर ४ को निर्वाचनपछि चार वटा प्रदेश सरकारको नेतृत्व सम्हालेको नेकपा एमालेले तीन वटा भने गुमाएको छ। सुदूरपश्चिम र गण्डकीपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाएको हो। गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले त दुई दिनको अन्तरमा सत्ता गुमाएका छन्।

एमालेसँग अब कोशी प्रदेशको मात्रै नेतृत्व बाँकी छ। वैकल्पिक समीकरण बन्न कठिन भएपछि त्यहाँ एमालेको सरकार कायमै छ। मुख्यमन्त्री हिक्मत कार्कीलाई सत्ताबाहिर पुर्‍याउन खोजे मध्यावधि हुनसक्ने डरले कांग्रेस तथा माओवादी केन्द्रले सरकार फेर्ने प्रयत्न गर्न सकेका छैनन्।

त्यसो त, पुस १० मा संघीय सरकारमा समेत एमाले सहभागी भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमै सामेल भएको एमालेले फागुन १५ गते सरकारबाट बाहिरिने निर्णय लिएको थियो। अब संघ र प्रदेशका आठमध्ये सात सरकार एमालेइतरको भएको छ।

सुदूरपश्चिम : पहिलो चरणमै विश्वासको मत पाउन असफल
सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। र, २८ गतेबाट पदभार सम्हालेका थिए। तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानका कारण माघ २६ गते प्रदेश सभामा मतदान भएको थियो।

रावलले मुख्यमन्त्रीमा दाबी गर्दा नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएको थियो। तर उसले विश्वासको मत भने नदिने रणनीति लियो। माघ २६ गतेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रदेशमाथि छलफल गरियोस् भन्ने प्रस्ताव नै अस्वीकृत भएपछि सभामुख भीम भण्डारीले प्रस्तुत अस्वीकृत भएको घोषणा गरेका थिए। त्यससँगै उनी पदमुक्त भएका थिए।

गण्डकी प्रदेश : दोस्रो पटक विश्वासको मत पाएनन् मुख्यमन्त्री अधिकारीले
गण्डकीको मुख्यमन्त्री को रुपमा खगराज अधिकारी पुस २५ गते नियुक्त भएका थिए। उनले त्यसै दिन सपथ लिएर कार्यभार सम्हालेका थिए। संवैधानिक प्रावधान अनुसार पहिलो पटक पुस २९ मै विश्वासको मत लिँदा उनलाई ३१ मत प्राप्त भएको थियो। जुन प्रदेश सभाको बहुमत थियो।

यस संघीय गठबन्धन परिवर्तन भएसँगै माओवादी केन्द्रले चैत १० गते मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको थियो। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। तर आवश्यक ३१ मत पुर्‍याउन सकेनन्। त्यस दिन भएको मतदानमा प्रस्तावको पक्षमा केवल २४ मत परेको थियो। विपक्षमा भने ३५ मत परेको थियो।

लुम्बिनी प्रदेश : मुख्यमन्त्री गिरीले पनि सत्ता बाहिर
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले दोस्रो पटक सोमबार ९वैशाख १२ गते० विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक बहुमत पाउन सकेनन्। मतदानमा प्रस्तावको पक्षमा अर्थात् गिरीको पक्षमा ३३ मत परेको थियो। विपक्षमा भने ५३ मत परेको थियो।

गिरी गत पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा तथा स्वतन्त्र सांसदहरुको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए। भोलिपल्ट सपथ ग्रहण गरी उनले कार्यभार सम्हालेका थिए। माघ ५ गते पहिलो पटक विश्वासको लिँदा उनलाई ५७ मत प्राप्त भएको थियो। त्यतिबेला उनको विपक्षमा २८ मत खसेको थियो।

तर, संघीय गठबन्धन परिवर्तन भएपछि चैत १२ गते नै माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीहरुले राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। सोही कारण सोमबार मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्।

 

  • सत्ताबाहिर
सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

समाचार

सबै

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.