• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

  • १०. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

सुदुरपश्चिम प्रदेशका भौतिक मन्त्री देउवाले गरे योजना अनुगमन

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

डडेल्धुरा– सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकारबाट कार्यान्वयन भईरहेका बिभिन्न योजनाहरुको अनुगमन गरेका छन । ३ दिन लगाएर प्रदेशका ३ जिल्लाका दुई दर्जन भन्दा बढी योजनाको अनुगमन तथा स्थानीयसंग अन्तरक्रिया गरेका हुन्।

योजना अनुगमनका क्रममा मन्त्री देउवाले अब हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई कार्वाही गरिने बताएका थिए।

मन्त्री देउवाले मन्त्रालयका सचिव प्रेमदत्त भट्ट सहित प्राबिधिकको टोली लिएर कञ्चनपुरदेखि डडेल्धुरा र डोटीमा निर्माण भईरहेका तथा प्रदेश सरकारको रातो किताबमा उल्लेख भएका योजनाहरुको स्थलगत अनुगमन गरे।

शुक्रबारदेखि आइतबार बेलुकासम्म उनले तीन जिल्लाका सडक, सिचाइँ, खानेपानी, तटबन्धन, पुललगायतका दुई दर्जन भन्दा बढी योजनाको अनुगमन गरेका छन्।

प्रदेशले सञ्चालन गरिरहेका योजनाको अवस्था के छ, ती योजनाको प्रगतिका लागि के गर्नुपर्छ र आगामी बजेटमा कस्ता योजना समावेश गर्नुपर्छ भन्ने उद्देश्यले अनुगमन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले बताए।

उनले खासगरी लामो समयदेखि ठेक्का लागेर पनि प्रगती हुन नसकेका योजनाहरुलाई कसरी अघि बढाउने भन्ने बारेमा स्थलगत अनुगमन गरिएको र चाँडै निर्णयमा पुग्ने बताए ।

मन्त्री देउवाले हरेक योजना अनुगमनका क्रममा सम्झौता अवधिभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी र रेखदेख गर्ने सम्बन्धित कार्यालयलाई निर्देशन दिए। अनुगमनपछि स्थानीयमा विकासको आस पलाएको छ।

डडेल्धुराको पर्शुराम नगरपालिकाका स्थानीय चन्द्र वोहोराले भने, ‘यसअघि कसले योजना ल्याउँथे कहाँ बनाउथे केही थाहा हुदैनथ्यो, टाठाबाठाहरुले हामीले ल्याएका योजना भन्दै अलि अलि काम गरेर खान्थे, अब मन्त्री आफै आएर स्थानीयको आवश्यकताका योजना मात्रै दिने भनेपछि काम हुन्छ कि भन्ने आशा पलाएको छ ।

उनले गाउँका आवश्यकता भन्दा पनि कमिसन दिएर कमाउने योजना भएका कारण प्रदेश सरकारले गरेका काम नदेखिएको बताए।’ यस्तै आलिताल गाउँपालिकाका गंगा धामीलाई पनि प्रदेश सरकार प्रति केही आशा पलाएको छ।

उनले भने, ‘यस अघि प्रदेस सरकारबाट आउने अधिकांस योजनामा बिचौलियाहरुले कमिशन दिएर खाएर ल्याउने गरेका थिए, यसपटक त्यसको मात्र अन्त्य भएपनि धेरै विकास हुनेछ।’ अनुगमनका क्रममा गरिएका अन्तरकृया कार्यक्रममा मन्त्री देउवाले अब हरेक योजनाको माग स्थानीय तहबाटै गर्न अनुरोध गरे।

उनले भने, ‘तपाईँहरुको आवश्यकता के हो, कुन योजना प्राथमिकतामा हो, स्थानीय तहबाट सिफारिस गरेर ल्याउनुहोस्, प्रदेश सरकार प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्न तयार छ तर ब्यक्तिगतरुपमा योजना माग गर्न मन्त्रालय नआउनुहोला।’

स्थानीयतहले पनि काम गर्न ठाउँ त्यही हो प्रदेश सरकारले पनि त्यही हो, त्यसैले विकासमा एकरुपता कायम गर्न र साँच्चिकै जनताका आवश्यकताका योजना निर्माणका लागि स्थानीय तह मार्फत नै प्रदेशमा योजना पठाउन मन्त्री देउवाले आग्रह गरे ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीले भौतिक पुर्वाधार मन्त्री देउवाले प्राथमिकताका आधारमा योजना छनोट गरि पठाउन भनेको त्यही अनुसार अघि बढने बताए।

उनले स्थानीय तह संग समन्वय गरि अघि बढ्दा प्रदेस सरकार पनि सफल हुने र भौतिक मन्त्रीले तयसको पहल गरेकोमा धन्यवाद दिए ।

भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिब प्रेमदत्त भट्टले मन्त्रीको योजना अनुसार बिभिन्न जिल्लामा संचालित योजनाको अनुगमन र आगामी आर्थिक बर्षका लागि योजना छनोटको अध्ययन गरिएको बताए।

 

 

  • मन्त्री देउवा
सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

समाचार

सबै

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.