बझाङ- बझाङमा चट्याङमा परेर २८ बाख्रा मरेका छन्। जिल्लाको बुङ्गल नगरपालिका १ गोईचनका मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेको हुन्।
स्थानीय उत्तम कुमार थापाका अनुसार बिहीबार दिउँसो चट्याङ्ग परेको थियो। बोहराको २८ बाख्रा चट्याङमा परेर मरेको र क्षति धेरै भएको बताएका छन् । साथै उनले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताएका छन्।













