धनगढी – काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गरिएको छ । शनिबार साँझ धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टकाअनुुसार विमान प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्ने जानकारी गराउदै आकाशबाटै फर्किएको थियो । अहिले उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवरण गराइएको भट्टले बताए ।













