• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बझाङका अधिकांस पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

बझाङ- जिल्लाका दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिकामा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठ ओटा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकोे भरमा चलेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन उपसचिव सरहको दरबन्दी रहने र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन शाखा अधिकृत स्तरको व्यवस्था भएको भए तापनि जिल्लाका आठ वटा पालिका निमित्तको भरमा चलेका छन् ।

जिल्लाका आठ ओटा पालिकाहरूमा संघका उपसचिव तथा शाखा अधिकृत पालिकामा हुने राजनीतिक खिचातानी र पालिकामा बस्न नमानेका कारण धेरैजसो पालिकाहरू इन्जिनियर, शिक्षा अधिकृत, जनस्वास्थ्यका हेल्थ असिस्टेन्ट, कृषि र भेटनरीका जेटिए निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

त्यस्तै बुगल नगरपालिका तलकोट गाउँपालिकालगायत मस्टा, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना, बिथ्थडचिर गाउँपालिकामा विगत छरसात वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम चलाउँदै आएका छन् । दुर्गाथली गाँउपलिका थलारा, र केदारस्यु गाँउपालिकाले डेढ दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका नगरप्रमुखहरूसँँग यसबारे बुझ्दा सामान्य प्रशासन मन्त्राललाई माग राख्दा कि पठाउँदै नपठाउने पठाइहाले पहाडी जिल्लामा बस्न नै नमानेका कारण यस्तो भएको बताउँछन् । तर, धेरैजसो स्थानीयहरूले पालिकामा धेरैजसो जनप्रतिनिधिले आफू निकटका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि आफुलाई सहज हुने भएका कारण पालिकाहरू निमित्तको भरमा चल्ने गरेको तर्क गर्छन् ।

जिल्लाको बुंगल नगरपालिकामा प्रमुख प्रसाशकिय अधिकृत बस्न नमान्ने गरेका कारण अहिले केदारस्यू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले आइतबारदेखि मंगलबार सम्म साताको तीन दिन केदारस्यु गाउँपालिकामा र तिनै व्यक्ती बुधबार देखि शुक्रबार तीन दिन बुगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरीरहनु भएको छ । दुई पालिकाको काम भ्याउन उहाँले केदारस्यूको देउरा बाट बुंगलको विजगडासम्म करिब दुई घण्टाको एकतर्फी यात्रा गर्ने गरे ।

विहान सात बजेदेखि साँझ सात बजेसम्म पनि काम बाध्यता गरेको अभिकृत उपाध्यले बताए । आफुले सकेसम्म सेवाग्राहीको हित सोचेर मेहनत गरिरहेको भएपनि एक पालिकाको काम गर्दा अर्को पालिकाको काम छुटेने गरेको र सेवाग्राहीले भनेको समयमा सेवा पाउन नसक्ने उनले बताए ।

उनले एउटा पालिकाबाट अर्को पालिकामा जाँदा अर्को कर्मचारीलाई निमित्त दिएर जाने गरेका छन् । त्यो अवधीमा प्रमुख प्रशासकीय अधिकृत नभई नहुने आर्थिक कारोबार, नीतिगत र प्रशासनिक कामहरू हुन नसक्दा झनै समस्या प्रमुख प्रशासकीय अधिकृत नभएपछि योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता आदि लिन टाढा टाढाबाट आएका सेवाग्राहीले सास्ती खेप्ने गरेका छन् ।

बुंगल नगरपालिका जनसंख्या, बजेट र योजना संख्याका हिसाबले जिल्लाकै पहिलो ठुलो पालिका भएको र केदारस्यु गाउँपालिका जिल्लाकै तेस्रो ठूलो पालिका हो । बजेट, योजना र सेवाग्राहीको संख्या बढी भएको दुई ठूला पालिकाको काम एक्लैले गर्नुपर्दा आफूलाई निकै भार परेको उनले सुनाए ।

बुंगल नगरपालिकामा किन बस्दैनन कर्मचारी ?

बुंगल नगरपालिकामा सबैभन्दा बढी बेरुजु आउने गरेको छ । बेरुजु मिलाउन जनप्रतिनिधिले दबाब दिने भएकाले यहाँ कर्मचारी आउन नमान्ने गरेको नगरपालिकामा कार्यरथ एक कर्मचारीले बताए । नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख जयबहादुर धामी र नेकपा एसका उपप्रमुख धनबहादुर बोहरा बीचका तालमेल नमिल्दा शक्ति संघर्षका कारण पनि काम गर्न समस्या हुने गरेको ति कर्मचारीको भनाइ छ  ।

उपप्रमुख बोहराले आफूहरूवीच शक्ति संघर्ष भएको अस्वीकार गरे पनि नगरप्रमुखको अकमर्ण्यताका कारण प्रमुख प्रशासकीय अधिकृत आउन नमानेको गरेको स्रोतको दावि छ  । ‘काम गरिरहेको मान्छेलाई गैरकानुनी तवरले काम गर्न मेयरसाबको टिमबाट दबाब आयो । उहाँले नमानेपछि एकाएक हटाएर अर्को नियुक्ति गरे ।

उनले नियुक्त गरेको मान्छेलाई मन्त्रालयले सहमति दिएन,’ प्रशासकीय अधिकृत नहुँदा नगर सरकारको काम नराम्ररी प्रभावित भएको बताउँदै उपप्रमुख बोहराले भने, ‘पालिकाको सबै काम लथालिंग भइसक्यो । यो सबै मेयरसाबकै कारण भएको हो ।’ उनले हाल दुई पालिकाको काम हेरिरहेका उपाध्यायले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको भए पनि आधा समय प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको कामकाज प्रभावित भएको बताए ।

नगरप्रमुख जयबहादुर धामीले प्रमुखरउपप्रमुखबीचको मतभेदको कारण यस्तो नभएको बताए । ‘सबै निर्णय सर्वसम्मत नै हुने गरेका छन् । मैले दबाब दिने कुनै कारण छैन । पहिला काम गरिरहेको मान्छेले म काम गर्नै सक्दैन भनेर राजीनामा दिनुभयो,’ नगरप्रमुख धामीले भन्नुभयो, ‘यसमा नगरप्रमुखरउपप्रमुखको संघर्षको कुरा कसरी आयो रु त्यस्तो केही पनि छैन ।’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम भने नराम्ररी प्रभावित भएको उनको भनाइ छ । ‘हामीले कात्तिकरमंसिरमा चुनावका कारण काम गर्न पाएनौं ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत नै भएन । पालिकाका थुप्रै काम रोकिएका छन्,’ नगरप्रमुख धामीले भने, ‘अहिले पनि अति जरुरी भुक्तानीबाहेक प्रशासकीय अधिकृत आफै अनुगमन गरेर दिनुपर्ने भुक्तानी दिन सकिएको छैन । नयाँ योजना बनाउन सकिएको छैन । काम त सबै भद्रगोल भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत बाँडिँदा केदारस्यु गाउँपालिकाको काम पनि प्रभावित भएको गाउँपालिका अध्यक्ष गणेश बोहराले बताए ।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कर्मचारी अभावका कारण त्यसो गर्नुपरेको जानकारी दिएको छ । ‘एउटै व्यक्तिले दुई पालिका हेर्दा काम त प्रभावित हुन्छ नै । एउटैले चलाए जस्तो हुदैन,’ मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखाका उपसचिव खिलाराज राईले भने, ‘२०७७ सालदेखि विभिन्न कारणले लोक सेवाले कर्मचारी पदपूर्ति गर्न सकेको छैन । कर्मचारी नभएपछि त्यसो गर्नुपर्ने हाम्रो बाध्यता हो ।’ यसअघि मन्त्रीस्तरको निर्णयले निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निर्णय गरेपछि नजिकको पालिकाको कर्मचारीलाई नै अर्को पालिकाको पनि जिम्मेवारी दिइएको उनको भनाइ छ । हिमालय टाइम्सबाट 

  • निमित्त प्रमुख
शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.