धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) कैलालीको अध्यक्षमा विमलप्रकाश जोशी चयन भएका छन् । आइतबार धनगढीमा बसेको पार्टीको विस्तारित बैठकले कैलाली जिल्लाको अध्यक्षमा जोशीलाई चयन गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष भैरवबहादुर रावल प्रदेश कमिटी सदस्यमा मनोनीत भएपछि जिल्लाको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो ।
यसअघि जोशीले जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् ।













