काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक ९एसपी० लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० पदमा बढुवा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई एसएसपीमा बढुवा गरिएको हो ।
जसअनुसार एसपी विश्व अधिकारी एक नम्बरमा बढुवा भएका छन् । यस्तै भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेलर तारादेवी थापा पनि बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रज्वल मर्हजन १८ औँ नम्बरमा रहेर बढुवा नियुक्त भएका छन् । यसअघि प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसका आधारमा एसपीहरुलाई एसएसपीमा बढुवा गरिएको हो ।















