धनगढी- धनगढीमा हुने पूर्व राजा ज्ञानेन्द्र शाहको हुन गइरहेको नागरिक अभिनन्दनका लागि सचिवालय स्थापना गरिएको छ । जेठ ६ गते धनगढी रङ्गशालामा हुने नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि राप्रपा नेपालको अगुवाइमा तयारी स्वरूप धनगढीको रुबस होटेलमा सचिवालय स्थापना गरेको हो ।
पूर्व तयारीका लागि सुदूरपश्चिम प्रदेशभर नौ वटा जिल्लाका विभिन्न व्यत्तित्वहरु समावेश गरेर जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्य मूल समारोह समिति गठन गरेको छ ।
संवैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र जोगाउनका लागि देशभर यस प्रकारका कार्यक्रमहरू गरिहरेको संयोजक चन्दले जानकारी दिए । अभिनन्दन कार्यक्रममा हजारौँको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।













