• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

महाकाली सिँचाइ : शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन

  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउन सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण तीन प्याजेकमा भइरहेको छ । तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको आरोप छ ।

“मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब सात÷आठ सय मिटर पानीको मूल फ्टने समस्याले निर्माण ढिलाइ भइरहेको छ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भने, “आगामी असारभित्र निर्माणाधीन काम सकिएर नयाँ ठेक्काको सुरसारमा लाग्छौँ ।”

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रु एक अर्ब बढीको लागतमा काम अघि बढेको छ ।

“एकदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हुँदैछन्”, उनले भने, “अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौंँ ।”

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको जानकारी दिए । २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मुल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

“मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ”, उनले भने,“ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ ।” अढाइ दशकपछि महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर भारतीय पक्षले बनाएको छ ।

गत वर्ष असार १५ गते धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छोडे पनि पछि विधिवत उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै पानी दिन मानेको छैन । “प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा महाकाली नदीबाट पानी पाउनुपर्ने विषय एजेण्डा बनोस भनेर विभाग र मन्त्रालयसम्म कुरा पु¥याएका छौँ”, पण्डितले भने, “नहरमा नियमित पानी आउने प्रबन्ध गर्नुपर्छ ।”

 

  • महाकाली सिँचाइ
मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.