धनगढी- नेपाली काँग्रेस कैलालीको बैठक लम्कीमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको जेठ ५ गते कैलारी गाउँपालिका हसुलियामा जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गर्ने छन् ।
सम्मेलनमा प्रस्तुत गर्ने काँगेस कैलालीले आगामी बर्षको कार्यक्रमको तय गर्ने जिम्मेवारी जिल्ला सभापति नारायण दत्त भट्ट, साँगठानिक प्रतिबेदन तयार गर्न जिल्ला सचिव नृप बहादुर सुनार र राजनितीक प्रतिबेदन तयार गर्न जिल्ला सचिव केशब मिश्र लाई जिम्मेवारी दिएको छ ।
यस्तै, आर्थिक प्रतिबेदन तयार गर्न जिल्ला कोषाध्यक्ष देबकी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । बैठकले सम्मेलनमा लाग्ने अनुमानित लागत पनि स्वीकृत गरेको जनाएको छ ।













