धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्यापसरोडको शिव मन्दिरमा सिंह प्रतिमाको अनावरण गरिएको छ । शनिवार लायन्स क्लब अफ धनगढी इनोभोटिभले स्थापना गरेको सिंह प्रतिमाको ३२५ एन गभर्नर सिबी चन्दले अनावरण गरेका हुन् ।
४३ हजारको लागतमा मन्दिर परिसरमा सिंह प्रतिमा मूर्ति राखिएको लायन्स क्लब अफ धनगढी इनोभोटिभ अध्यक्ष राकेश गुप्ताले बताए । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी लगायत मन्दिर समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।













