धनगढी- धनगढीको फूलबारी क्षेत्रमा हाइमास्ट लाइट जडान गरिएको छ । धनगढी उपमहानगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा हाइमास्ट लाइट जडान गरेको हो ।
वडा नम्बर १४, १८ र १९ मा हाइमास्ट लाइट जडान गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको निजी सचिवालयले जनाएको छ।
स्याउले बजार, डिपो बजार र पच्चिस घरमा हाइमास्ट लाइट जडान गरिएको हो । लाइट जडानपछि उक्त क्षेत्रमा रातिको समयमा हुने अपराधिक क्रियाकलप कम हुने अपेक्षा गरिएको छ भने हुलाकी राजमार्ग झिलिमिली भएको छ ।













