• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बैतडी- देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो।

आइतबार आयोजित एक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताए । अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइराख्नुपर्नेमा उनले जोड दिए ।

१५ शय्या क्षमताको यस अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक र सात जना मेडिकल अधिकृत गरी १२ जना स्वास्थ्यकर्मी छन्। सो अस्पतालबाट यो आर्थिक वर्ष २९ हजार बिरामीले सेवा लिएको पाइएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशद्वारा गरिएको अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालका रूपमा उभिन सफल भएको अस्पतालका निमित्त मेडिकल सुरिन्टेन्डेन्ट डा. दीपेश श्रेष्ठले बताए ।

सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठले भने, “मूल्याङ्कनमा ७५० भन्दा बढी बुँदा हुन्छन्। बैतडीमा ५० शय्याको अस्पताल भवन बने पनि दरबन्दी १५ शय्याको मात्रै छ। सरकारबाट १५ शय्याको मात्रै सेवासुविधा आए पनि हामीले ४९ बेड सञ्चालन गरेर बिरामीको उपचार गरिरहेका छौँ।”

नेपाल सरकारले ७० वटा औषधी निःशुल्क भने पनि बैतडी अस्पतालले एक सयभन्दा बढी औषधी निःशुल्क दिने गरेको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ, नाक, कान, घाँटीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित १२ जना चिकित्सकले सेवा दिइरहनुभएको छ।

देशभरका प्राथमिक अस्पतालमध्ये बैतडी अस्पताल सर्वोत्कृष्ट हुनुमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै कर्मचारीले दिन रात नभनी उच्च मनोबलका साथ सेवामा खटिएकाले सर्वोत्कृष्ट बनेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए । अस्पताल सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय, बिरामीलाई आपत्कालीन अवस्थामा रगत दिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायतको महत्वपूर्ण सहयोग रहेको अध्यक्ष भट्टले बताए । दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अस्पताललाई स्थानीय तहबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले बैतडी अस्पतालमा विशेषज्ञ डाक्टर आएपछि उपचारका लागि भारत जानुपर्ने बाध्यता हटेको बताए ।

अक्सिजन प्लान्ट र अत्याधुनिक ल्याब

सङ्घीय सरकारको करिब डेढ करोड रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख रुपियाँमा अक्सिजन प्लान्ट जडान भएको छ। दैनिक १५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान भएपछि दुईवटा भेन्टिलेटर बेड सञ्चालन गरेर उपचार सेवा सुरु भएको अस्पताल प्रमुख डा. श्रेष्ठले बताए ।

यसका साथै अस्पतालमा अत्याधुनिक ल्याबसेवा सञ्चालन गरी ब्लड कल्चर सेवा सुरु भएको छ। ब्लड कल्चरले बिरामीको रगतमा रहेका व्याक्टेरिया वा फङ्गस आदि पत्ता लगाई रोग निदान गर्न सहयोग पुग्ने बताइन्छ। यसअघि ब्लड क्लचर सेवा नहुँदा बिरामीलाई अन्य अस्पतालमा ‘रेफर’ हुने गरेका थिए। अत्याधुनिक ल्याब सेवा सुरु भएपछि दैनिक १५० जना बिरामीको परीक्षण हुने गरेको ल्याब सेवाका इन्चार्ज चन्द्रसिंह डोबालले बताए ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हिंसा तथा बलात्कारमा परेका महिला तथा बालबालिकाका लागि जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा १८१ जना पीडित महिलाले स्वास्थ्य उपचार, कानुनी उपचार र सामाजिक मनोपरामर्श सेवा लिएका छन्।

  • बैतडी सर्वोत्कृष्ट
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

समाचार

सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

यस्तो छ आजको मौसम पूर्वानुमान

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.