• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

धनगढीको सभागृह प्रयोगविहीन, सरकारी कार्यक्रम होटेल र पार्टी प्यालेसमा

  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिमको धनगढीमा साढे ३२ करोडमा निर्मित सुविधासम्पन्न सभागृह प्रहयोगविहीन बनेको छ । भव्य सरकारी सभागृह हुँदाहुँदै संघ र सुदूरपश्चिम प्रदेश सरकारका सभा, सम्मेलन, गोष्ठी भने लाखौँ खर्चेर होटेल र पार्टी प्यालेसमा हुने गरेका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइमार्फत ११ महिनाअघि ३२ करोड ६० लाख ८१ हजार लागतमा सभागृहको निर्माण सकिएको थियो । धनगढी उपमहानगरपालिकाले वडा नं. ८ मा उपलब्ध गराएको एक बिघा क्षेत्रफलमा फैलिएको सभागृह नौ सय ८० सिट क्षमताको छ ।

जहाँ साढे ६ सय र दुई सय सिटका दुईवटा हल छन् । एउटा अतिविशिष्ट कक्षसहित सय मोटरसाइकल र ५० कार अन्डरग्राउन्ड पार्किङको सुविधा पनि छ । भवनमा ताला लगाइएको छ । लामो समय प्रयोगमा नल्याउँदा भवनसँगै भित्र राखिएका टेबुल जीर्ण बन्ने जोखिम बढेको छ ।

एकातिर करोडौँको सरकारी भवन प्रयोगविहीन बन्दा अर्कोतिर संघ र प्रदेश सरकारकै सभा, सम्मेलन तथा गोष्ठी होटेल र पार्टी प्यालेसमा गरेर लाखौँ सिध्याउने गरिएको छ । केही दिनअघि मात्र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालयले तीन ठूला कार्यक्रम होटेल र पार्टी प्यालेसमा गरेका थिए । मानस खण्ड सम्मेलन, आगामी बजेटबारे प्रदेशभरिका पालिका प्रमुख र उपप्रमुखसँग छलफल तथा प्रदेश सभा सदस्यसँग छलफल होटेल र पार्टी प्यालेसमा गरिएको थियो ।

‘धनगढीमा सरकारी ठूला हल नभएकाले लाखौँ खर्च गरेर होटेलमा कार्यक्रम गर्नुपरेको हो,’ आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले भने, ‘सरकारी सुविधा नै भएको भए हामीले पैसा तिरे पनि सरकारकै आम्दानी हुन्थ्यो ।’

सभागृह तयार भएको एक वर्षसम्म राखिएन साउन्डसिस्टम, सञ्चालनको मोडालिटी पनि टुंगिएन
सभागृह तयार भएको ११ महिना भइसक्यो, तर अहिलेसम्म साउन्डसिस्टम नराखिएकाले सञ्चालनमा ल्याउन नसकिएको भनिएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सूचना अधिकारी सौरभ कलौनीले साउन्डसिस्टम जडान भएपछि सभागृह धनगढी उपमहानगरलाई हस्तान्तरण गरिने बताए ।

‘हामीले सभागृह धनगढी उपमहानगरलाई हस्तान्तरण गर्न खोजेका थियौँ, तर उपमहानगरले साउन्डसिस्टम राखिदिन आग्रह गरेको छ,’ उनले भने, ‘सुरुको ठेक्कामा साउन्डसिस्टम राखिएको रहेनछ, त्यसका लागि अहिले केन्द्रबाट बजेट माग गरेका छौँ ।’

सभागृह सञ्चालनको मोडालिटी पनि अहिलेसम्म टुंगिएको छैन । महालेखापरीक्षकको कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनले समेत सभागृहको स्वामित्व र सञ्चालन मोडालिटी स्पष्ट नगरिएको भन्दै प्रश्न उठाएको छ । ‘कुन मोडालिटीमा सञ्चालन गर्ने भनेर केन्द्रबाट राय पनि मागेका छौँ,’ कलौनीले भने । निर्माण सकिएको एक वर्षसम्म मर्मतको दायित्व निर्माण कम्पनीकै भएकाले सभागृहको रेखदेखका लागि निर्माण कम्पनीले एक चौकीदार राखेको छ ।

समयमा निर्माण नसकिँदा चार करोड धेरै लागत
२८ करोड ५५ लाख ३७ हजारमा सभागृह निर्माण गर्ने गरी २ फागुन ०७५ मा बिकेओआई एमके रोयल जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ९ असार ०७८ मा सभागृह निर्माण गरिसक्ने लक्ष्य राखिएको थियो । तर, कोभिड– १९ को कारण देखाउँदै २९ असार ०७९ सम्म म्याद थपिएको थियो । समय धेरै लागेपछि सभागृहको लागत पनि चार करोड पाँच लाखले बढेर ३२ करोड ६० लाख ८१ हजार पुगेको कलौनीले बताए । नयाँपत्रिकाबाट

  • सभागृह
मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम
कैलालीमा दुई जना मृत अवस्थामा फेला
१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

समाचार

सबै

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.