काठमाडौं – सुदूरपश्चिमको महाकाली करिडोरलाई ४५ करोड विनियोजन गरिएको छ । संघीय संसदको दुवै सदनमा बजेट पेश गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले महाकाली करिडोरलाई ४५ करोड विनियोजन गरिएको बताए ।
कञ्चनपुरको ब्रहमदेवदेखि झुलाघाट हुँदै दार्चुला टिंकर सडक खण्डको स्तरोन्नतिको लागि ४५ करोड विनियोजन गरिएको छ । त्यस्तै दैजी, जोगबुडाँ डडेल्धुरा सडक खण्डको लागी ३० करोड विनियोजन गरिएको छ ।
यसैगरी, हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न सरकारले कर्णाली करिडोरलाई ९७ करोड रुपैयाँ बजेट छुट्याइएको महतले बताए । त्यस्तै, मध्यपहाडी लोकमार्गको लागि ३ अर्ब तथा मदन भण्डारी राजमार्गको लागि २ अर्ब ४१ करोड विनियोजन गरिएको छ ।













