धनगढी- कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेको छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट लागुऔषध सहित धनगढी उपमहानगरपालिका–८ का २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन् ।
उनको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको थियो ।













