• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

पसलैपिच्छे घरेलु मदिरा !

"वडा सदस्यको पसलमा भेटियो मदिरा "
  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

बझाङ- शुक्रबार मध्याह्नतिर सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा निस्क्यो । किराना पसल, मासु पसल हुँदै एउटा चिया पसलमा पुग्दा टोलीको नजर प्लास्टिकको बोलतमा भएको घरेलु मदिरामा प¥यो । चिया पकाउने भट्टीका छेउछाउमा चकलेटका डब्बा पनि मदिराले भरिएका थिए ।

चिया पसले र अनुगमन टोलीको दोहोरी नै चल्यो । पसलेले तामाङ समुदायको मदिरा अनिवार्य भन्दै आफूले गलत नगरेको दाबीसहित पन्छिन खोजे । प्रहरीले समातेको डब्बाको मदिरासमेत पसलेले फिर्ता लिए । अनुगमन टोली त्यसैमा सीमित रहेन । सोही चिया भट्टीवालाले मदिरा बनाउने गरेको प्रहरीले सुइँको पाइसकेको थियो ।

प्रहरीको अर्को समूहले पछाडिबाट गोदाम नै फेला पा¥यो । छिमेकीसहित अनुगमन टोलीको रोहबरमा गोदामबाट प्रहरीले साढे पाँच सय लिटर मदिरासहित कच्चा पदार्थ बरामद ग¥यो ।

सिमखेतको एक खाजा पसलमा पनि सुराकीका आधारमा उक्त टोलीले तीन सय लिटरभन्दा बढी उत्पादन गरिएको मदिरासहित कच्चा पदार्थ बरामद ग¥यो । उत्पादन गर्न छाडेको दुई वर्ष भइसकेको दाबी गर्ने पसलेको भट्टीबाट मदिरा उत्पादन गर्ने भाँडासहित गोदाममै छापा मार्दा ठूलो परिणाममा मदिरा फेला परेको थियो ।

गत साता अनुगमन टोली आफैँ ग्राहक बनेर एउटा चिया पसलमा पुग्दा दुई सय लिटर नै मदिरा फेला परेको थियो । साइपाल गाउँपालिकाका एक वडा सदस्यसमेत रहेका व्यक्तिको पसलमा ठूलो मात्रामा अवैध मदिरा फेला परेपछि निकै आलोचना भएको थियो । यसरी हरेक हप्ता जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदा पनि घरेलु मदिराको उत्पादन भने कम भएको छैन ।

‘घरेलु मदिरा मात्रै नभई म्याद गुज्रिएका सामान पनि बजारभर छ्याप्छ्याप्ती छन,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘हरेक हप्ता अनुगमन गर्दा पनि व्यवसायीले कानुनबमोजिम व्यापार गर्न चासो नै दिएको देखिँदैन, अधिकांश पसलले हप्ता दिनमा सम्पूर्ण कागजात तयार गर्ने प्रतिबद्धता जनाउँदा पनि विभिन्न बाहाना गर्दै पन्छिन खोजिरहेका छन् ।’

महिनाकै अन्तरालमा बजार अनुगमनबाट लाखौँ मूल्य बराबरको अवैध वस्तु नष्ट गरिसकेको छ । उनले भनिन्, ‘एकै महिनामा बजारभर अखाद्य वस्तु लाखौँ मूल्यको बरामद गरिसकेका छौँ, तर दोस्रोपटक सोही पसलमा जाँदा पनि पर्याप्तमात्रामा अखाद्य वस्तु नै भेटिन्छ ।’

अवैध घरेलु मदिरा भने पसलैपिच्छे भेटिन्छ । ‘विगतका दिनमा पनि घरेलु मदिरा हजारौँ लिटर प्रहरीले नष्ट गर्दै आएको थियो,’ प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, ‘चैनपुरमा भट्टीवालाले अन्य पसललाई पनि बेच्ने रहेछन्, खोजतलास गर्दै जाँदा प्रहरीले धेरैपटक उत्पादन भइरहेका भाँडाकुँडादेखि गोदाम नै रित्याएको थियो ।’ दोस्रो, तेस्रोपटक पनि उत्पादन गरेको थाहा पाए कानुनबमोजिम नै कारबाही हुने उनले बताए ।

सदरमुकाममा तामाङ समुदायका व्यक्ति आइसकेपछि घरेलु मदिराको कारोबार हुन थालेको उद्योग वाणिज्य संघका प्रशासन अधिकृत निम थापाले बताए । ‘घरेलु मदिराबारे जानकारी नभएकाले पनि तामाङ समुदायको सिको गर्दै उत्पादन गर्न थाले,’ उनले भने, ‘उहाँहरूको धर्ममै मदिरा अनिवार्य भन्ने रहेछ, तर आफूलाई खानलाई भन्दा पनि बेच्नका लागि बढी उत्पादन गर्ने गरेका छन्, विगतका दिनमा हजारौँ लिटर मदिरा नष्ट गरिसकेको थियो ।’

यता तामाङ समुदायकी पेमा तामाङले पनि आफ्नो धर्ममा नै मदिरा अनिवार्य भएको बताइन् । उनले भनिन्, ‘हाम्रो त जन्मँदा, मर्दा, बिहे गर्दा जहिले पनि मदिरा अनिवार्य चाहिन्छ, हरेक पर्वमा अनिवार्य हुँदा किनेरै प्रयोग गर्न नसकिने हुँदा आफैँ उत्पादन गर्नुपरेको हो ।’ तामाङको कुरालाई प्रशासनले भने स्वीकार्ने अवस्था छैन । कानुनले बर्जित गरेको कुरालाई उत्पादन र बिक्री गर्नु गैरकानुनी काम भएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

के छ कानुनी प्रावधान ?

मदिरा ऐन, २०३१ ले गैरकानुनीरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री गर्नेलाई ६ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ । उत्पादनमा प्रयोग भएका भाडावर्तनसमेत जफत हुने ऐनमा उल्लेख छ । ऐनको दफा ३ र ४ मा पनि उत्पादन, बिक्री र सजायका बारेमा उल्लेख गरिएको छ । इजाजत बेगर वा इजाजत प्राप्त व्यक्तिले तोकिएको मापदण्डभन्दा बाहिर जान नपाइने ऐनमा उल्लेख छ ।ऐनको दफा १३ मा कुनै व्यक्तिले ऐनविपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तःशुल्क अधिकृतले जफत गर्नेछ । जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तःशुल्क अधिकृतले तोकिएबमोजिम लिलाम बिक्री गर्नुपर्ने, मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामान अन्तःशुल्क अधिकृतले जफत गरी तोकिएबमोजिम लिलाम बिक्रीसमेत गर्न सकिने प्रावधान छ ।

घरेलु मदिरा विषालु पनि हुन्छ : विभिन्न अध्ययनले कुनै मापदण्ड नभएको घरेलु मदिरा विषालुसमेत हुने गरेको पुष्टि गरेको छ । जानकारका अनुसार घरेलु मदिरालाई कडा र नशालु बनाउन खोज्दा यो विषालु बन्ने गरेको छ । सामान्यतया घरेलु मदिरा सक्खर र शिराबाट तयार गरिन्छ । यसमा युरिया मल र बेसरमबेलका पात मिसाएर कडा नशा दिने र टिकाउ बनाउन खोज्दा विष पनि बन्ने गरेको जानकारहरूले पुष्टि गरेका छन् ।

मदिरालाई अधिक नशालु बनाउने उद्देश्यले आक्सिटोसिन मिलाउँदा मृत्युको कारण बन्ने गरेको बताइएको छ । आक्सिटोसिनले नपुंसकता बढाउने र ‘नर्वस सिस्टम’सँग सम्बन्धित कैयौँ रोगका कारण बन्दछ । यसको सेवनले आँखा र पेटमा जलन हुनुका साथै आँखाको ज्योति पनि गुम्न सक्छ । घरेलु मदिरामा युरिया र आक्सिटोसिन जस्ता रासायनिक पदार्थ मिलाउनाले यो मिथाइल अल्कोहल बन्न पुग्छ । त्यो मृत्युका कारणसमेत बन्न पुग्छ ।

जानकारहरूका अनुसार मिथाइल शरीरभित्र प्रवेश गर्नाका साथै केमिकल रिएक्सन चाँडो हुन थाल्छ । यसबाट शरीरको भित्री अंगले काम गर्न छाड्छन् र तुरुन्तै मृत्यु हुन्छ । यसलाई कडा र नशालु बनाउने लोभमा कतिपय व्यापारी यसमा ‘मेथनाल’ नामक रसायन मिलाउँछन् ।

यसले मदिरालाई अझै विषालु बनाउँछ । मदिरा व्यापारीबाट एथेनालको अत्यधिक प्रयोग हुन्छ । किनकी यसमा घुलनशील क्षमता बढी हुन्छ । यसको प्रयोग वार्निश, पालिस, औषधिको घोल, पफ्र्यूम, क्लोरोफर्म, कृत्रिम रङ, पारदर्शक साबुन आदि बनाउन प्रयोग गरिने बताइएको छ । सौर्यबाट 

  • घरेलु मदिरा
मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.