धनगढी- धनगढीका एक युवक अछाममा मृत अवस्थामा भेटिएका छन् । अछामको साँफेबगर नगरपालिका–३ मा धनगढीका २६ वर्षीय शम्सेर कुँवर आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
धनगढी स्थायी बसोबास रहेका उनी साँफेबगरमा काकासँग कोठामा बस्दै आएका थिए । उनी झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीलेको प्रारम्भिक अनुसन्धानबाट उनी एक युवतीसँग प्रेममा थिए । प्रेम सम्बन्धमा केही खटपट भएको कुरा नजिकका एक जना साथीलाई भनेको कुरा खुलेको छ ।
कुँवर तनावमा रहेको थाहा पाएपछि उनीबारे जानकारी साथी कोठामा पुगेका थिए तर त्यो बेला उनी मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।













