धनगढी- कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले एक वर्षको अवधिमा एक लाखको अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतिले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार एक वर्षमा एक लाख एक सय बराबरको अवैध सामान बरामद गरेको हो। जसमा बोइलर कुखुरा, माछा, लेडिज सुट, मिठाइ, तामाको गाग्री रहेका छन।
कुखुरा ३७ वटा, लेडिज सुट ८० पिस, माछा १५६ केजी, मिठाइ ३८ केजी र तामाको गाग्री ६ पिस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बरालले बताएका छन्। उनले बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको बताए।















