धनगढी- अभिनेत्री तथा एलिजा फाउन्डेसनकी अध्यक्ष एलिजा गौतम धनगढी आएकी छन् । गौतम श्री एयरलाइन्सको विमानमार्फत शुक्रवार राति ९ बजेर १८ मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेकी हुन् । गौतमलाई धनगढीका युवा तथा समाजसेवी दिनेश बमको समूहले स्वागत गरेको थियो ।
बमका अनुसार गौतमले आज (शनिवार) कैलालीको बुढी तोलामा हुने वृक्षारोपण कार्यक्रममा सहभागी हुने कार्यसूची छ भने शनिवार नै उनले धनगढीमा समस्यामा परेका महिलाहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।













