दार्चुला– महाकाली लोकमार्गको दार्चुलास्थित खलंगा–गोकुलेश्वर सडक अवरुद्ध भएको छ । शनिबार दिउँसो सडक खण्डको शैल्यशिखर नगरपालिका–६ स्थित बजानीमा माथिबाट पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको हो ।
बजानीमा दिउँसोबाट सडक अवरुद्ध भएपछि आन्तरिक र जिल्ला बाहिर जाने सवारी साधन बीचमै रोकिँदा यात्रुहरुलाई सास्ती भएको छ । केही समय अगाडिबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठूलो पहिरो नभएकाले केही घण्टामा सडक संचालनमा आउने प्रहरीले बताएको छ ।















