• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

धान सप्रियोस् भनेर थारुबस्तीमा ‘हरेरी पूजा’ गरिँदै

  •   सोमबार, साउन ०८, २०८० मा प्रकाशित

टीकापुर- थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांश थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ।

पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’को पूजा गर्ने गर्छन्। हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिक रूपमा गर्ने गरिन्छ। विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।

‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्दछौं,’ उनले भने, ‘सिँचाइ, मलखाद व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागतदेखि आधुनिक प्रविधि गर्ने गरिन्छ तर थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्त्वपूर्ण मानिन्छ। हामी हरेक वर्ष पूजा गर्छौं।’

धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रा लगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ। प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेका किसान बताउँछन्।

‘हरेरी पूजामा ७ मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, ५ पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ,’ किसान राधा चौधरीले भन्छन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ।’

कुनै–कुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन्। यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलन समेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए। ‘हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकाले यो दिन केही कार्य नगर्ने चलन छ,’ उनले भने।

यसरी दिउँसो शुरू गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन्। दूध संकलन गर्ने र विशेषपूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन्।

यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ। किवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर (पूजाआजा) गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समाजमा छ र त्यहीअनुसार यो पूजा थारु किसानले गर्दै आएको बर्का गुरुवा राधेश्याम चौधरीले बताए।

‘प्रकृति पूजकका रूपमा थारु समुदायमा यस्तै अन्य पर्व संस्कार रहेका छन्,’ उनले भने, ‘वर्षौंदेखिको विश्वास हो। यो पूजामा थारु समुदायका संस्कृति पनि जोडिएका छन्।’

 

  • हरेरी पूजा
सोमबार, साउन ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.