कञ्चनपुर- कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नं ११ बासखेडा नहर किनारामा आइतबार परिचय नखुलेका एक जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नाम थर ठेगाना नखुलेको उचाइ ५.५ इन्च, माथिल्लो शरीरमा रातो रङ्गको सर्ट तल्लो शरीरमा निलो कट्टु लगाएको अन्दाजी ४६ वर्षीय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो।
मृतकको शवको जाँच मुचुल्काको कार्य सम्पन्न गरी उक्त शव महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। निजको पहिचान गर्न घर परिवार तथा आफन्तजनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सम्पर्क राख्न अनुरोध गरिएको छ।













