• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित

कैलाली- कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ ।

कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने ,“ कृषिमा सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ । ”

राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ”, उनले भने, “त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ । त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ ।”

नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिनुभयो । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ । “टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ”, उनले भने, “हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।”

परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । “जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ, ” निर्देशक मिश्रले भने, “भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ ।” सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।

सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए । उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्छ भने ।

“टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ । उहाँहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ ,ु जोशीले भने ।

टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने ,“अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।”

टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताए । उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

“नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ । यसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ,” नगर उपप्रमुख शाहले भने, “अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौँ केन्द्रको स्थापना हुन्छ ।”

सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे । उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए । रासस

  • कृषि अनुसन्धान केन्द्र
मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.