• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

जहाज कुर्दाकुर्दै कोल्टीमा बिरामीको मृत्यु

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित

बाजुरा- प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताए। कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटी स्क्यान सहीतको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो।

रिफर गरिएका ६० वर्षिया कार्कीलाई आफन्तले जहाज आउने पर्खाइ गरिरहेका थिए। खत्याग गाउँपालिका १ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो। मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए।

रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए। सडक बाटो सम्भव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन्।

‘बिरामी रातापानीबाटै आउन ढिला भइसकेको थियो। उच्च रक्तचाप सहीतको समस्याले मान्छे चिन्न र बोल्न समेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरि उपचार सम्भव थिएन्, हामीसँग त्यो सुविधा छैन्, हामीले रिफर गर्र्यौ, जहाज आएन्, सडकबाट लिन झन सम्भव नै थिएन्, दुर्भाग्य बचाउन सकिएन,’ डाक्टर प्रतिक न्यौपानेले भने। तीन महिना यता मात्रै ४ बढीले जहाज कुर्दै र सडकबाटो लैजादै गर्दा ज्यान गुमाएका छन्।

‘रिंगाटा लाग्ने, उल्टी हुने, बोल्न नसक्ने र श्वास फर्न समेत गाह्रो हुदै जाने समस्या अरुभन्दा जटिल नै थियो, समयमै जहाज वा हेलिकप्टर आएर लिन सके बच्ने अवस्था भने हुन्थ्यो, त्यो कोल्टीमा समस्या नै छ’, डाक्टर प्रतिकले थपे। डाक्टर प्रतिक आएदेखि नै चार जना बढीले ज्यान गुमाइसकेका छन्।

यता नागरिक उड्यन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ। घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिबेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ। कोल्टीमा जहाज भन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि दोहोरिएको छ।

लामो समय पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ। पाँच जना भएकोमा भने केही समयमै तीन जना बाहिरिएर २ जनामा समिती बनेको छ। जिल्ला अस्पतालमा स्थायी दरबन्दी नहुँदा पनि कोल्टीले स्थायी दरबन्दीको डाक्टर पाएको छ।

तर भवन, उपकरण, सुविधा र आवश्यक संरचना नहुँदा डाक्टरलाई समेत उपचार सेवा दिन वातावरण नै छैन्। कोल्टीमा जेठ पहिलो साता ३ दिनको अवधीमा रिफर गरेका २ जना बिरामीको ज्यान गएको थियो।

बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाज नआएपछि पैदलमार्गबाट धनगढी लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।

अघिल्लो वर्षको अन्तिमतिर बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो। हृदयघातका विरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो।

सिजनमा हवाइ कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्। पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ।

उसोत कोल्टी विमान स्थलमा मौसम खराबी बाहेक सातै दिनको उडान तालिका छ। सिता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ। बाजुरादेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ।

एक आधघण्टा भित्रै उपचार सेवा दिनु पर्ने विरामीलाई दुर्गम क्षेत्रबाट पठाउनै संभव नहुने भएकोले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ। पालिकाका तर्फबाट सकेको प्रयास गरिएको र लामो समयदेखिको डाक्टर विहिनताको अवस्थाबाट मुक्त गराएर सकेको सेवा प्रवाह भइरहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा संघ, प्रदेश र पालिकाको सयुक्त लगानी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा चार जनाको दरबन्दी कायम गरिएको छ। तर पनि सुविधा, संरचना, उपकरण र अन्य अवस्थाले सेवा भने जस्तो दिन सकेको छैन्।

हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित नहुँने र एम्बुलेन्स सेवा समेत नभएपछि बिरामीलाई समस्या हुने गरेको चिकित्सकहरु बताउँछन्। नागरिकबाट

 

  • बिरामीको मृत्यु
बुधबार, साउन १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.