धनगढी- कैलालीको धनगढीमा अज्ञात समूहले एक युवक माथि कुटपिट गरेका छन् । धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी सडक अगाडी अज्ञात समूहले धनगढी–१३ कैलाली गाउँका १८ बर्षिय दीपेन्द्र बिक माथि कुटपिट गरेका हुन्।
मंगलबार बिहान ८ बजेको समयमा भाटभटेनी सडक अगाडी फोटो खिची रहेको अवस्थामा विकमाथि अज्ञात व्यक्तिले सिसाको बोतल टाउकोमा प्रहार गरेको प्रत्यक्ष दर्शीले बताएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका बिकको धनगढी–३ स्थित मायामेट्रो अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिटको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। के कति कारणले घटना भएको हो भन्ने बारेमा सोधपुछ भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनगढीस्थित भाटभटेनी अगाडी छ लेन सडक खण्डमा फोटो खिच्न तथा टिकटक बनाउन प्रतिबन्ध लगाइएको बताइएको छ ।















