अछाम- घाँस काट्न गएकी महिलाको भीरबाट खसेर मृत्यु भएको छ । मंगलसेन नगरपालिका –३ लाक्षीमना निवासी उज्जली आउजीको दिउँसो मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए । माथिबाट करिब तीनसय तह खसेर निधन भएको बताइएको छ ।
‘निकै अप्ठेरो ठाउँमा खसेकी रहेछन्, त्यहाँ त जाने बाटो समेत थिएन । हामीले अर्कै ठाउँबाट गएर शव ल्याएका छौं,’ बोगटीले भने। अप्ठेरो भीरमा घाँस काट्न जाने र खसेर मृत्यु भएको घटना हरेक वर्ष दोहोरिने गरेको छ ।















