धनगढी- कैलालीको टीकापुरमा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँको कच्ची सडकमा ६६ वर्षीय बुद्धिराम थारुको बिहीबार दिउँसो साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिविरका थारु पुरुवाबाट सामान लगेर लायकपुर शिविर जाँदै गरेको बेला साइकलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो। थारुको घटनास्थलमै मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।













