डोटी- सुदूरपश्चिमको मौलिक पर्व गौराका लागि प्रशिध्द मानिने केआईसिह–६ फलेडीको गौरा भाद्र १० गते सेलाउने कार्यक्रम रहेको छ ।
गौरा प्रवध्दन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जोशीले दिएको जानकारी अनुसार हरेक बर्ष झै यस वर्ष पनि खुल्ला देउडा गित प्रतियोगिता राखिएको छ ।
भाद्र ९ गते शनिवार दिनभरी खुल्ला देउडा प्रतियोगितामा ख्याती प्राप्त डेउडा गायक तथा गायीकाहरु विचमा घम्साघम्सी हुनेछछ भने राती परम्परा अनुसारको भारिखेल लाग्ने छ ।
गौरा व्यवस्थापन समितिका गणेश जोशीका अनुसार गौरा अबधिभरमा मदिरा निषेधित गरिएको छ । फलेडीको गौरा हेर्न टाढाटाढा बाट दर्शकहरु पुग्ने गरेको स्थानिय गौरा संरक्षण तथा सल्लाहकार समितिका सदस्य परमानन्द जोशीले बताए ।
गौराको अन्तिम दिन अर्थात आईतबार तल्लो फण्डि र मल्लो फण्डीको गौरा जुधाईको दृष्य रमाईलो हुने धुव्रराज जोशीले बताए । विधिवत रुपमा गौराको व्रत गरि पुजाआरधना गरिएको मनोकामना पूरा हुने जनविश्वास रहेको पाईन्छ ।















