धनगढी- कैलालीको धनगढीबाट प्रहरीले अवैध सामान जफत गरेको छ। धनगढी उपमहानगरपालिका–३ बाट करिब ५४ हजार मूल्य बराबरका अवैध सामान जफत गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका – ३ बाट भन्सार छलीका लेडिज सुट, अचार, चिनी, गुट्खा, पास्तालगायतका सामान बरामद गरिएका हुन्।
शुक्रवार राति प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा ती सामान बरामद गरेको हो। बरामद गरिएका ती सामानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













