कैलाली- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कैलालीमा प्रदर्शन गरेको छ। गौहत्याविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको प्रदर्शनमा उनीहरूले गौ हत्या कार्य बन्द गर्नुपर्ने माग गरेका छन्।
‘गौ हत्या बन्द गर’, ‘हिन्दु राष्ट्र जिन्दाबाद’, ‘दोषीलाई कारबाही गर’ लगायतका प्ले कार्ड सहित उनीहरूले प्रदर्शन गरेका हुन्। विरोध र्यालीमा विभिन्न प्ले कार्ड सहित स्थानीयले प्रदर्शन गरेका थिए। धरानमा गोरु काटेर खाएको विषयमा हिन्दुधर्मालम्बीहरुले आन्दोलन गरेका हुन्।
गाई जनवारमात्रै नभएर हिन्दुहरूको आस्थाको केन्द्र र संविधानले चिनेको राष्ट्रिय जनावर भएको बताउँदै उनीहरूले गौहत्या बन्द हुनुपर्ने र उक्त कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनुपर्ने माग राखेका छन्।
धरानमा स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा हिजो रातिदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।















