• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

धनगढीमा पानी पुनर्भरण नहुने समस्या बढ्दो

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित

कैलाली- भूमिगत जलस्रोतको भण्डारण र प्रयोगमा सावधानी अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाले भूमिगत जलस्रोतको पुनर्भरण सम्बन्धित कार्यक्रममा भविष्यमा पानीको हाहाकार हुन नदिन पुनर्भरणका योजना कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

तराई क्षेत्रमा घना बस्ती बढेसँगै भूमिगत पानीको अत्याधिक दोहन हुने भएकाले दीगो पुनर्भरणका लागि सरकारले नीतिगत र कानून व्यवस्था गर्नुपर्ने भूमिगत जलस्रोत विज्ञ मोतिलाल रिजालले बताए । ‘तराई क्षेत्रमा भूमिगत पानीको अधिक प्रयोग र पुनर्भरणको कुनै योजना नहुँदा भविष्यमा पानीको संकट आउने जोखिम छ ।

पानीको दोहन मात्रै भइरहेको अहिले अवस्थालाई सम्बोधन गर्न स्थानीय तह र प्रदेश सरकार मिलेर भूमिगत पानीको उपभोग र पुनर्भरणका लागि मिलेर काम गर्नु आवश्यक छ ।’

धनगढी उपमहानगरपालिकाले भने यो वर्षबाट भूमिगत जलस्रोतको पुनर्भरणका लागि काम गर्ने नीति तय गरेको छ । धनगढी नगर क्षेत्रको भूमिगत पानीको भण्डार कायम राख्न उपमहानगरले आवश्यक काम थाल्ने नीतिगत निर्णय गरिसकेको छ ।

भूमिगत पानीको सञ्चितीमा कमि आएर खानेपानीको समस्या नआओस् भनेर धनगढी उपमहानगरले भूमिगत पानीको भण्डारको दीगो उपभोग र प्राकृतिक तथा कृत्रिम पुनर्भरणका लागि हरेक घरमा सोकपिट बनाउनुपर्ने भूमिगत जलस्रोत विज्ञ रिजालले बताए ।

सुदूरपश्चिममा वर्षमा औसत १ सयदेखि एक सय ५० दिन पानी पर्छ । वर्षा र खोलानालाको पानीले भूमिगत पानीको पुनर्भरण गर्न सहयोग गर्छ । पानी पुनर्भरण एक सयदेखि एक सय ५० दिनसम्म हुने र बाँकी समय पानी दोहन मात्रै हुने गरेको छ ।

जमिन भित्रको पानी प्राकृति मुल, ह्याण्डपम्प, ट्युबवेल, कुवा तथा खानेपानीका लागि निरन्तर प्रयोग भइरहेको छ । बढी जनघनत्व भएको धनगढीमा पुनर्भरणभन्दा भूमिगत पानीको दोहन बढी छ ।

पुनर्भरणका लागि पोखरी, तलाउ र पानी सोस्ने खाल्टो बनाउने निति उपमहानगरले लिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताए । ‘हरेक घरबाट निस्कने पानी तथा वर्षाको पानीलाई पुनर्भरणका लागि प्रयोग गर्ने नीति लिएको छ ।

हामीले भूमिगत जल भण्डारणको अवस्था सुधार गर्न काम गर्ने नीति लिएका छौँ । उपमहानगरले हरेक घरबाट निस्कने र वर्षाको समयमा छतबाट आउने पानी भूमिगत पानीको सतह बढाउन पानी सोस्ने खाल्डो बनाउनुपर्ने नियम लागु गरेको छ ।

अब बन्ने घरमा सोकपिट बनाउनु अनिवार्य बनाएका छौँ,’ उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । अहिले पनि धनगढीको विभिन्न टोल तथा बस्तीहरूमा गाडिएका ह्याण्डपम्पमा पानी आउन छोडेको छ भने खानीपानी योजनाले जोडेका बोरिङमा पनि पानी कम आउन थालेको छ । धनगढीमा घना बस्तीको विकाससँगै वर्षाको पानी रिचार्ज नहुने तर भूमिगत पानीको अत्यधिक दोहन बढेको छ ।

  • पानी पुनर्भरण
आइतबार, भदौ १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.