काठमाडौं- नेपाल प्रहरीले १४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतबार सूचना जारी गर्दै सातदिन भित्र हाजिर हुन निर्देशन दिएको हो ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।














