• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बडिमालिका र बुढिनन्दामा धार्मिक एवं पर्यटकीय तीर्थयात्रा सुरु

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बुढिनन्दामा आईतवारदेखि तीर्थयात्रा सुरु भएको छ । सदरमुकाम मार्तडीबाट पञ्चेबाजा ,मांगल,फूल मालासहित बडिमालिका जाने यात्रालाई मिनि बडिमालिकाका (उपर्कोट माईका) पुजारी देवराज उपाध्यायले टिकाटालो गरी पठाएका छन् । नेपाल आर्मी दुर्गा भजन गुल्म र नेपाल प्रहरीको छड्के सालामी दिएर सरकारी टोली एवं तिर्थालु भुक्तजनलाई बडिमालिका पठाएको बडिमालका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताए ।

शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका र बुढिनन्दा शक्ति पीठहरूमा एकैसाथ पूजा लाग्ने गर्छ ।

दैवीशक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य ठाउँको अवलोकन गर्ने गरी तिर्थयात्रीहरु बडीमालिकामा रमाउँछन् । बडिमालिकाको दर्शनपछि मनोकाङ्क्षा पुरा हुने र देवीमा दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरु बडीमालिकाको दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताए ।

विगत वर्ष भन्दा यो वर्ष यात्रुको अत्यधिक चाप रहेको छ। सरकारी टोली सदरमुकाम मार्तडीदेखि आज प्रस्थान गरे पनि पर्यटकीय हिसाबले एक साता देखि नै देश विदेशका यत्रु बडिमालिकाको २२ पाटन अवलोकन भ्रमणमा छन् । काठमाण्डौं, पोखरा , नेपालगंज धनगढी, महेन्द्रनगर र छिमेकी मुलुक भारतको कुमाउँ गढवालबाट सयैं यात्रु एक सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरु त्रिवेणी र मालिका आउने क्रमम निरन्तर जारी छ न्युभिजन सहकारी संस्थालि।का सचिव दिनेश बहादुर बोहराले भने ।

सहकारी संस्था लि।ले पहिलो १३ हजार रुपैंयाको प्याकेजमा मालिका भ्रमण गराउँदा यात्रुलाई पनि सहज र स्थानीयले पनि काम पाउने हुंदा स्थानीय सहकारी संस्थाले यात्रुको सहजताका लागि खान बस्न र टुरिस्ट गाइडको सहित व्यवस्था गरेका छौँ सचिव बोहराको भनाइ छ ।

मालिका दर्शन गराउन खाइपिई दिनको पन्ध्र सय रुपैंया कामउने छौँ । यो हाम्रा लागि नयाँ अवसर हो, पर्यटन गाईड एवं प्रोटर चन्द्र बडुवाले भने । पाँच दिनमा ७५०० कमाई हुन्छ, देवीको दर्शन गर्न पनि पाइने रकम पनि कमाइने अब निरन्तर काम पाउने आशा छ बडूवालले भने ।

त्यस्तै चन्दन र फूल बेचेर पाँच सय रुपैंया कामउन पाएकोमा बडिमालिका नगरपालिका ८ पुजारीवाडाका आठ वर्षे वालक श्रीष रावल मक्ख छन् ।श्रीष जस्तैं सयौं मान्छेले स्थानी उत्पादन धूप , नैवेद्य ,दही, दूध, घ्यु राडी,पाखी बेचेर मनज्ञ आम्दानी बटुल्ने छन् ।

बडिमालिकामा आन्तरिक तथा बाह्य प¥यटक वृद्धि हुन थाले पछि बढिमालिका नगरपािलकाले अस्थायी शौचालय र अस्थायी धर्मरसाला निर्माणका लागि एक हप्ता अघि स्थानीय युवा पठाएका छन्। बडिमालिकामा यात्रुको चाप दिननुदिन वृद्धि भएकाले आवश्यक थप लगानी गर्ने पहल भएको बडिमालिका नगरपािलका वडा नं २ का वडा अध्यक्ष डम्मर महतको भर्नाइ छ ।

बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, र मागेको पुरा हुने भएकाले श्रद्धालु भक्तजनहरु बडीमालिकामा घुईचो लाग्ने गरेको पुजारी पाध्याय बताउँछन् ।बडीमालिकाको पूजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइ पुगेको प्रमुख जिल्ला अधिकारी पुष्प खड्काले बताए । यो वर्ष सरकारका सचिव स्तरका उच्चपदस्थ कर्मचारी पनि बडिमालिका दर्शन गर्न आएका छान् र आवश्यक शान्तिशुरक्षाको प्रबन्ध पनि छ प्रजिअ खड्काले भने ।

बाजुरा,डोटी, जुम्ला र कालिकोटबाट ल्याएको सरकारी पूजा बडीमालिकामा लाग्ने गरेको छ । सरकारी पूजापछि भक्तजनहरुले दर्शन गर्ने प्रचलन रही आएको छ । बडीमालिका त्रिवेणी नगरपालिकाको वडानं ५ र त्रिबेणी धामपनि त्रिवेणी नगरपालिकाको वडा नं पाँचमा पर्छ ।

कर्णली प्रदेशले बलमिचाई गरेर आफ्नो पालिका भित्र अतिक्रमण गर्न खोजेकोमा दुःख लागेको छ , त्रिवेणी धाममै काललिकोटसंग वर्ता हुन्छ । नभए कानुनी रुपमा अगाडि बढ्ने छौ त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबाहादुर थापाको भनाई छ।

बुढीनन्दा पनि यात्रा सुरु

यसैगरी जिल्लाकोे उत्तर पुर्वी भेगमा रहेकी बुढीनन्दाको पनि तीर्थ यात्रा सुरु भएको छ। बुढीनन्दा माईको दर्शन गर्न यो वर्षदेखि बाजुराबाट पेटारो सहित पहिलो पटक सरकारी टोली बुढिनन्दा खटाएको छ। बडीमालिकासंगै बुढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ ।

धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बुढीनन्दामा विभिन्न ताल,झरना र रमणीय फाँटहरु रहेका छन् ।बडीमालिका र बुढीनन्दा बहिनी भएकाले उनीहरुको शुक्ल पूर्णिमाको अघिल्लो दिन अथार्त भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ । नेपाल समाचारपत्रबाट

 

  • तीर्थयात्रा सुरु
आइतबार, भदौ १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.