कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।













