धनगढी- पत्रकार डीआर पन्तलाई पितृ शोक परेको छ। पत्रकार पन्तका बुवाको १०२ वर्षको उमेरमा आज ९शुक्रबार० निधन भएको हो। संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन हो।
डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्दै आएका थिए। जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको हो।















