बझाङ- बझाङमा दुई बालक माथि निर्घात कुटपिट भएको छ। जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ तुफान डाँडा का १० वर्षीय नवीन रोकाया र वर्षीय १५ का आवेश रोकायामाथि अज्ञात व्यक्तिहरूको समूहले निर्घात कुटपिट गरेको प्रहरीले बताएको छ। ती दुई जनामाथि करिब १२/१३ जनाको समूहले निर्घात कुटपिट गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।
सोही गाउँपालिका वडा नम्बर १ का राजेश जेठारा, सुवास कार्की लगायतका समूहले शुक्रबारका दिन कुटपिट गरी फरार भएको आफन्तले बताएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरूको खोजी कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ।













