कैलाली- कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जना माथि खुकुरी प्रहार भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रूपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।
लेनदेनबारे विवाद हुँदा बुधवार बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय वसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ। आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले बताएको छ।













