• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

फेसबुकको प्रेमले पुर्‍यायो दिल्ली, बेचिनबाट जोगिइन् किशोरी

  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित

कञ्चनपुर — उनी १६ वर्षकी थिइन् । ८ कक्षामा पढ्थिन् । करिब ६ महिना अघिको कुरा हो । सामाजिक सञ्जाल फेसबुकमा उनको एक युवकसँग कुराकानी सुरु भयो । दिनहुँ हुने कुराकानी मायाप्रेममा परिणत भयो । दुई-अढाई महिनासम्म सामाजिक सञ्जालको कुराकानीमै उनीहरु भेट्न तयार भए ।

भारतको दिल्लीमा रोजगारी गर्ने युवक र पार्वती ९नाम परिवर्तन० बीच वीरगन्जमा भेटने कुरा भयो । युवक दिल्लीबाट र पार्वती धनुषाबाट वीरगन्ज पुगे । त्यतिबेला युवककी दिदी पनि सँगै थिइन । युवकले भारतमा राम्रो नोकरी भएकाले विवाह गरेर उतै लैजाने भनेर भनेपछि पार्वती मक्ख परिन् । विवाह गरेर दिल्ली जान तयार भइन् ।

युवकले दिदी र पार्वतीलाई वीरगन्ज नाकाबाटै एउटा तांगा (घोडागाडी) पठाए । वीरगन्जमै एकजना वृद्धलाई पनि नाकामा रोकेर उनले चेकजाँच गरेमा छोरी भनिदिनु भन्दै फकाए । नम्बर पनि साटासाट गरे । तर नाकामा चेकजाँच वा सोधपुछ नै भएन ।

वीरगन्ज नाकाबाट भारत पसेकी पार्वतीका दुःखका दिन सुरु भए । दिल्ली लगेर युवकले एक महिनासम्म सॅंगै राखे । विवाह गर्ने भन्दै प्रलोभन दिएर जबरजस्ती करणी गरे । ‘एक महिनापछि मेरो लागि होइन दाईको लागि ल्याएको भन्दै आफू फरार भयो,’ यसैसाता माइती नेपाल कञ्चनपुरले दिल्लीबाट उद्धार गरेर ल्याएकी पार्वतीले भनिन्, ‘त्यसपछि उसको दाईको यातना सुरु भयो ।’ युवकका दाईले पनि जबरजस्ती करणी मात्रै गरेनन्‚ यातना पनि दिन थाले ।

यही बीचमा पार्वतीले युवकको दाईले अरु कसैसँग कुरा गरेको सुनिन् । जसबाट उनी झसंग भइन् । उनलाई बेच्ने तयारी भइरहेको थियो । उनलाई कोठामा बन्धकजस्तै राखिएको थियो । बाहिर जाँदा पनि नजिक मात्रै आफूसँगै लैजाने गर्थे ।

एक दिन पार्वतीले मेसेन्जरबाट आफ्नो अवस्था आमालाई बताइन । आफू भएको ठाउँ र आफ्नो अवस्थाबारे सबै जानकारी गराइन् । त्यसपछि आमालाई जिल्ला प्रहरी कार्यालय धनुषालाई उद्धारका लागि आग्रह गरिन् । धनुषा प्रहरीबाट माइती नेपाल धनुषा हुँदै उक्त कुरा माइती नेपाल कञ्चनपुर पुग्यो ।

‘यो कुरा पीडितकी आमाले दिल्लीमा आफ्ना नेपाली साथीभाईसँग पनि पुर्‍याइसकेकी रहिछन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘उनीहरुकै सहयोगमा उनलाई उद्धार गरेर ल्याइएको हो ।’ पीडितकी आमा केही वर्ष दिल्लीमै बसेर काम गरेकी थिइन् । त्यही बेलाका साथीभाईलाई उनले छोरीको अवस्था बताएर उद्धारका लागि आग्रह गरेकी थिइन ।

माइती नेपाल र नेपालीकै टोली पार्वतीको उद्धारका लागि पुग्दा उनलाई बन्धक बनाएर राखिएको थियो । धेरै दिनदेखि खाना पनि दिइएको थिएन । हिँडडुल तथा बोल्न समेत नसक्ने अवस्थामा उनको उद्धार गरियो । ‘पाँच दिन दिल्लीमै उपचारपछि बल्ल उनी बोल्न र हिडडुल गर्न सक्ने भइन्,’ उद्धारमा खटिएकी भट्टले भनिन्, ‘त्यसपछि महेन्द्रनगर ल्याइएको हो ।’ उनलाई मंगलबार माइती नेपालकै कर्मचारीसॅंग धनुषा पठाइएको छ ।

माइती नेपालले २०२३ मा हालसम्म भारतबाट १४ जनाको उद्धार गरेको छ । जसमा अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएका छन् । कतिपय साथीभाई बनेर त कतिपय प्रेमिका बनेर फसेका छन् । ‘जागिरको प्रलोभन, दिल्ली मुम्बईमा राम्रो नोकरी भएको भन्दै फकाउने आदि कारणले किशोरीहरु फसेका छन्‚’ भट्टले भनिन्, ‘हामीले भारतबाट उद्धार गरेका अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारत पसेका छन् ।’ उनका अनुसार कतिपयलाई महिलाहरुले नै फकाएर लैजाने गरेको समेत पाइन्छ ।

माइती नेपाल कञ्चनपुरमा यस वर्ष खोज तलासका लागि १ सय १८ महिला तथा बालबालिकाको निवेदन परेको छ । यसमा पनि धेरैजसो सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारततर्फ गएको हुन सक्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा १ सय ३९ महिला बेपत्ता भएका छन् । तीन वर्षमा प्रहरीकहाँ खोज तलासका लागि हराएको भनि ७ सय ७५ निवेदन परेका थिए । यसैगरि तीन वर्षमा १५ बालक र ४४ बालिका हराएका छन् । प्रहरीमा १ सय २२ बालक र २ सय ६० बालिका हराएकाले खोजीका लागि निवेदन परेका थिए । कान्तिपुरबाट

 

  • फेसबुकको प्रेम
बुधबार, असोज ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.