• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकीबाट आवागमनमा झमेला

"कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अझै हटाएन‚ नेपाल पस्न पाइने फर्कन नपाइने "
  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित

कञ्चनपुर- बेल्जियमकी लुसिया एक साता दिल्ली घुमेर गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगिन् । विगतमा झैं गड्डाचौकी नाकाबाटै फर्किने योजनासहित उनले एक साताका लागि होटल तथा घुमफिरको कार्यक्रम ट्राभल एजेन्सीबाट बुक गरेकी थिइन् । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनले पूर्व निर्धारित भ्रमणको योजना छोट्याइन् ।

दुई दिनमात्रै महेन्द्रनगर क्षेत्रमा घुमेर भैरहवा नाकाबाट भारत पसिन् । लुसिया २०१६ देखि नियमित नेपाल आइरहेकी छन् । कोरोना संक्रमणका बेला रोकिएको उनको घुमफिर फेरि सुरु भएको हो । सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी उनी खप्तडमा समेत पुगेकी छन् । उनले यस्ता यात्रामा साथीभाइलाई समेत घुम्न ल्याउने गरेकी छन् ।

भारत हुँदै नेपालको सुदूरपश्चिममा घुम्ने र यहीँको बाटो दिल्ली फर्कने उनको योजना थियो । कोरोना संक्रमणका बेलादेखि भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक नखोल्दा निकै समस्या भयो । महेन्द्रनगरबाट साढे ३ सय किलोमिटर दुरीमा रहेको दिल्ली पुग्न भैरहवाबाट झण्डै १ हजार किलोमिटर हाराहारी बढी यात्रा गर्नुपर्‍यो । जसका कारण समयसॅंगै खर्च पनि बढ्यो ।

‘हामीले त यहीँ घुमेर एक हप्तामा फर्किने योजना बनाएका थियौं । त्यहीअनुसार होटल पनि बुक गरेका थियौं,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेवैको शुक्लाफाँटा जंगल कटेजमा भेटिएकी लुसियाले भनिन्, ‘तर यहाँबाट भारत फर्किन नपाइने रहेछ । भारतबाट नेपाल आउन मात्रै पाइने रहेछ ।’ उनको टोली एक हप्ता घुम्ने योजना दुई दिनमै छोट्याएर भैरहवा नाकाबाट फर्किएको छ ।

लुसिया लेखिका हुन् । त्यही भएर बेला-बेलामा घुम्न निस्कन्छिन् । सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी उनी यही क्षेत्रमा रमाउँछिन् । ‘यहाँको वातावरण निकै रमाइलो छ, घुम्ने ठाउँहरु प्रशस्त छन्,’ उनले भनिन्, ‘जति घुमे पनि धित मर्दैन ।’

बेल्जियमका ४ र नेदरल्याण्डका २ जनासहित भारतको दिल्लीका एक जना ट्राभल एजेन्सीका कर्मचारीसमेत गरि ७ जनाको टोली गत साता महेन्द्रनगर पुगेको हो । उनीहरुले महाकालीमा निर्मित झोलुंगे पुल, वेदकोट ताल, ब्रम्हृदेव क्षेत्र घुमफिर गरे । असोज १ बाट शुक्लाफाँटामा निकुञ्जभित्र सफारी खुल्ने जानकारी पाएका उनीहरु त्यसको आनन्द लिने योजनामा पनि थिए । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनीहरु भ्रमण अवधि छोट्याएर फर्किएका हुन् ।

‘यहीँका क्षेत्र घुम्ने तराई र पहाड सबै ठाउँ घुम्ने योजना थियो,’ अर्की बेल्जियम नागरिक निकोलीले भनिन्, ‘हामी पहिलो पटक नेपाल आएका हौं तर यहाँ घुम्न नपाइ हतार हतारमा जानुपर्‍यो ।’ उनीहरुलाई दिल्लीमै गड्डाचौकीबाट विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाएको जानकारी थिएन । उनीहरुले विगत झैं यहीँबाट फर्किने योजनाअनुसार घुमफिर कार्यक्रम तय गरेका थिए ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयमा पुगेपछि मात्रै उनीहरुले यही नाकाबाट फर्किन नपाइने जानकारी पाए । त्यसपछि उनीहरुले आफ्नो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरे । ‘झोलुंगे पुल, वेदकोट ताल र लिंगा क्षेत्र निकै रमाइलो रहेछ,’ श्रीमान विलिसँगै यहाँ पुगेकी निकोलीले भनिन्, ‘अझै धेरै ठाउँ घुम्ने योजना थियो, त्यो सबै स्थगित भयो ।’

‘हामीले महेन्द्रनगरसम्मको घुमफिर योजना बनाएका थियौं, त्यहीअनुसार खर्चको इष्टिमेट पनि गरेका थियौं,’ पर्यटक घुमाउन महेन्द्रनगर पुगेका दिल्लीको इण्डिया इण्डिभिजुअल ट्राभल्सका रतनसिंहले भने, ‘हामीले भैरहवाबाट घुमेर जाँदा दोब्बर यात्रा गर्नुपर्छ, त्यसका लागि खर्च र समय पनि बढी लाग्छ ।’ वर्षमा ३र४ पटक विदेशी पर्यटकको टोली लिएर उनी नेपाल आउने गरेका छन् । कोरोना संक्रमणपछि पहिलो पटक गड्डाचौकी नाकाबाट प्रवेश गरेका उनलाई यो नाकाबाट विदेशी नागरिक प्रवेशमा भारतले लगाएको रोकबारे जानकारी नभएको बताए ।

२०१९ सम्म गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भारत प्रवेश गर्न पाउथे । कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अझै खोलेको छैन । नेपालका केही सीमित प्रमुख नाकाबाट मात्र विदेशी नागरिक प्रवेश गर्न पाउने भए पनि पश्चिम नेपालको कञ्चनपुरमा पर्ने गड्डाचौकी नाकामा भने अझै रोक लगाइएको छ ।

जसका कारण भारतको दिल्ली, हिमाञ्चल र उत्तराखण्डका विभिन्न क्षेत्र घुमेर केही दिन यहाँको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई भारततिर फर्कन समस्या भएको छ । उनीहरु यही नाकाबाट फर्किन नपाउने भएका कारण यहाँ आउन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘दिल्ली, नैनीताल, देहरादुन, बद्रीकेदार र केदारनाथ लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक यहाँ आउन चाहन्छन् । विगतमा आउथे पनि,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘तर यहीँबाट फर्किन नपाउने भएपछि उनीहरु आउन छाडेका छन् ।’ उनका अनुसार होटेल र स्पामा काम गर्ने विदेशी नागरिकले निश्चित अवधिका लागि भारत छाडनुपर्ने हुन्छ । त्यसका लागि दिल्ली, उत्तराखण्ड र हिमाञ्चलमा कार्यरतहरुका लागि गड्डाचौकी नाका निकै उपयुक्त मानिन्छ । तर उनीहरु फर्किन नपाउने भएपछि समस्या भएको छ ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२३ को हालसम्म यो नाकाबाट ५४१ जना विदेशी पर्यटक भित्रिएका छन् । तर उनीहरु फर्किदा भने अन्य नाका प्रयोग गर्नु पर्ने बाध्यतामा छन् । ‘यही नाकाबाट फर्किन पाउने भए अझै धेरै पर्यटक भित्रिन सक्थे,’ अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले भने, ‘कोरोना संक्रमणका बेला प्रवेश रोक लगाएको अझै खुलेको छैन, जसका कारण पर्यटकहरुलाई समस्या छ ।’ कान्तिपुरबाट

  • आवागमनमा झमेला
शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २२ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.