• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बझाङको सुनकुडा माध्यमिक विद्यालयमा राजनीति

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

बझाङ- गत वैशाखमा देशभरिका विद्यालयमा भर्ना अभियान चलिरहेको थियो । तर, बझाङको सुनकुडा माध्यमिक विद्यालयमा भने कुन दलको प्रधानाध्यापक (प्रअ) बनाउने भन्ने विवाद चुलिएर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आयो । १ हजार २ सय विद्यार्थी अध्ययनरत विद्यालयमा साढे तीन महिना पठनपाठन ठप्प भयो । वैशाखदेखि साउन दोस्रो सातासम्म पढाइ नै भएन ।

बझाङको बित्थडचिर गाउँपालिका–९ मा रहेको यस विद्यालयका तत्कालीन प्रअ धनबहादुर विष्टको कार्यकाल सकिएपछि गत वर्ष माघ २६ मा विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक योगेन्द्र धामीलाई सर्वसम्मत रूपमा प्रअ नियुक्त गर्ने सिफारिस गरेको थियो ।

त्यही सिफारिसका आधारमा शिक्षा विकास तथा समन्वय इकाइले उनलाई प्रअ नियुक्त पनि गर्‍यो । विद्यालयमा कार्यरत सबै शिक्षकको सहमतिमा प्रअ भएका धामीलाई बित्थडचिर गाउँपालिकाले प्रक्रिया नपुगेको भन्दै अख्तियारी दिन मानेन ।

२०७९ फागुन २१ गते रमेश अधिकारी नेतृत्वको व्यवस्थापन समितिको कार्यकाल सकिएपछि चैत २४ मा गाउँ कार्यपालिकाको बैठकले वडाध्यक्ष हरिचन्द्र जोशीको अध्यक्षतामा ६ महिनाका लागि अस्थायी व्यवस्थापन समिति गठन गर्‍यो । उक्त समितिले धामीलाई हटाएर अर्का शिक्षक मदन बमलाई प्रअको जिम्मेवारी सुम्पियो । पालिकाको शिक्षा शाखा संयोजकका रूपमा कार्यरत बम ०७९ पुसमा त्यहाँ सरुवा भएर आएका थिए ।

अधिकारी नेतृत्वको व्यवस्थापन समितिमा एमाले र माओवादीको बहुमत थियो भने वडाध्यक्ष जोशी कांग्रेसनिकट हुन् । विद्यालयमा प्रअ हुने योग्यता पुगेका कांग्रेसनिकट कोही शिक्षक नभएपछि शिक्षा संयोजक बमलाई त्यहाँ सरुवा गरिएको अभिभावकहरू बताउँछन् ।

‘लामो समय शिक्षा कार्यालयमा स्रोत व्यक्तिका रूपमा रहेका तर कहिल्यै पनि शिक्षकको भूमिकामा काम नगरेका बमले सार्वजनिक रूपमा ‘म प्रअ हुन्न, उमेरका कारण पनि चलाउन सक्दिनँ’ भन्दाभन्दै पनि जबरजस्ती प्रअको जिम्मेवारी थमाइयो,’ अभिभावक गणेशलाल विकले भने, ‘धेरैजसो अभिभावकले युवा र खट्न सक्ने भएकाले धामी नै प्रअ भैदिए हुन्थ्यो भन्ने चाहेका थिए तर पालिकामा कांग्रेसको सरकार भएका बेला कम्युनिस्ट समर्थकलाई किन प्रअ बनाउने भन्ने जनप्रतिनिधिको मानसिकताले विद्यालयको पठनपाठन नै तहसनहस भयो ।’

बमको समेत सहमतिमा आफू प्रअ भएको तर नयाँ व्यवस्थापन समितिले आफूलाई हटाएको भन्दै धामीले उच्च अदालतमा मुद्दासमेत दायर गरे । असार २० गते दाबी नपुग्ने भनेर उच्च अदालतले धामीको मुद्दा खारेज गरेपछि बम नै प्रअ भए । प्रअ विवादका कारण बन्द भएको विद्यालयको पढाइ साउनको मध्यतिरबाट पुनः सुरु भयो ।

  • विद्यालयमा राजनीति
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.