बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन् । शुक्रबार हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल ३ दिनपछि पक्राउ परेका हुन् ।
मण्डेललाई घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज (सोमवार) बिहान करिब ६:३० बजे पक्राउ गरेको बताइएको छ । लक्षिमन मण्डेलको घरमा भएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी गइरहेको स्थानीय मिनबहादुर मण्डेलले बताए ।
मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले गरेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि प्रहरीले फरार मण्डेललाई समात्न सकेका थिएन ।













