जनकपुरधाम- मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको हो ।














