• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

जनप्रतिनिधिले इमान्दार भएर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छः पूर्वमहामन्त्री सिटौला

  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित

धनगढी- नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले इमान्दार भएर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस निकट केही संसदको समुहद्धारा गठित संवाद समुहले धनगढीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधानले परिकल्पना गरेविपरित जनप्रतिनिधिहरुले काम गरिरहेको बताएका हुन् ।

‘यो संविधान विपन्न, गरिव, असहाय, सिमान्तकृत समुह, महिला, पिछडा वर्ग, दलित, अधिकारबाट वञ्चित भएका लगायतका व्यक्तिहरुको हितमा बनेको छ । उनीहरुको अधिकार सुनिश्चित गर्न र राज्यको पहुँचमा ल्याउने यसले परिकल्पना गरेको छ’ उनले भने –‘तर, निर्वाचित जनप्रतिनिधिले यसलाई ध्यानमा नराखि बाटोघाटो, पुल पुलेसा, कल्र्भट निर्माण लगायतमा मात्र ध्यान दिएर काम गरिरहेको पाइयो ।

संविधान कमजोर वर्गका लागि उत्तरदायी बनेर आएको हो । सोही अनुसार जनप्रतिनिधिहरु पनि संविधानप्रति उत्तरदायि बनिदिनुहोस् ।’ उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पालिकामा भएको बजेटको व्यवस्थापन गर्दै संविधानले परिकल्पना गरेका वर्ग तथा समुदायलाई राज्यको पहुँचमा ल्याउने काम गर्नुपर्ने बताए ।

संघियतापछि भएको पहिलो निर्वाचन पश्चातको पाँच वर्षे कार्यकालले जनताका पक्षमा काम गर्न नसकेको उनको भनाई थियो । उनले भने –‘पहिलो गठित सरकारले जनताका पक्षमा काम गर्न सकेन् । तीन वर्षसम्म संविधान बमोजिम जनताका पक्षका कानुन बन्न सकेन् । नेपाली काँग्रेसले नेतृत्व सम्हाल्दै गर्दा निर्वाचन व्यवस्थापनमा बढी केन्द्रित हुनुपर्यो । त्यसैले पहिलो कार्यकालको पाँच वर्ष खेर गयो ।’

पूर्वमहामन्त्री सिटौलाले भने –‘निर्वाचन पछि पहिलो बजेट मतदातासंग जोडिएको हुन्छ । बाँकी तीन वर्षको बजेट जनमैत्री हुन्छ र अन्तिम बजेट निर्वाचनलाई व्यवस्थापन गर्ने गरि निर्माण भएका हुन्छन् ।’

उनले प्रदेश सरकार चाहिदैन भन्ने आवाज अहिले उठ्न नहुने बताए । ‘संविधानले प्रष्ट अधिकार दिँदा समेत सरकारले अधिकार प्रत्यायोजन नगर्ने, आवश्यक कानुन निर्माण नगर्ने र प्रदेश सरकारलाई प्रदेश जस्तो पनि हुन नदिने अनि कसरी प्रदेशले केही गर्न सकेन भनेर आवाज उठाउने’ उनको प्रश्न थियो ‘संविधानले व्यवस्था गरे अनुसार कार्यान्वयनमै गएको छैन । अहिलेनै संविधानमाथि प्रश्न चिन्ह खडा गरेर समिक्षा गरिनुपर्छ भन्ने हुँदैन् ।’

उनले राज्य संरचनाले गरेका गल्तीलाई देखाएर व्यवस्थामाथिनै दोष दिनु उपयूक्त नरहेको बताए । उनले भने –‘हाम्रो संविधान जारी हुँदा हामीले राज्य संरचनामा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गरेका छौं । अहिले कति महिला आफनो हक अधिकारका लागि आवाज उठाउने भइसकेका छन् । कति महिला राज्य संरचनाको पहुँचमा आएका छन् । यही प्रगतिलाई देखेर अहिले छिमेकी राष्ट्र भारतले पनि ३३ प्रतिशत महिला अनिवार्य गरेको छ ।’ नेपालको संविधानका व्यवस्था एसियाकै उत्कृष्ट संविधान रहेको उनको भनाई छ ।

उनले भने –‘सबै राजनीतिक शक्तिलाइ काँग्रेसले डोहोर्याएको छ । राजालाई पनि काँग्रेसले डोहोर्याएको हो । अब संविधानको पूर्ण कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै हो ।’ उनले राजा चाहियो भन्ने आवाज उठिरहेको बताउँदै –‘गणतन्त्रमा पुग्ने राजतन्त्र चाहियो भन्न मिल्दैन । राजतन्त्रमा पनि धनी, पहुँच वर्गलाई कुनै असर परेको थिएन् । गणतन्त्रीक व्यवस्थामा आएको यो संविधान गरिव, सबै वर्ग, समुदायको हितमा छ ।’

उनले नेपाली काँग्रेसलेनै हिँसाबाट पार हुन्छ भन्ने पार्टीलाइ शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै भने –‘सशस्त्र द्वन्द्वका क्रममा दुई पक्षबिचको द्वन्द्वमा परि थुप्रै निर्दोष मारिएका छन् । तीनका आफन्तका पिडा थुप्रै छन् । बाँच्न पाइयोस भन्ने त्यो दरदनाकस्थितिबाट हामी यहाँ पुगेका छौं । तर, हामीले १२ बुँदे शान्ति सम्झौता गर्दाका केही कुरा अझै कार्यान्वयन गर्न सकेका छैनौं ।

सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता परिवारका विषयमा यथाशिघ्र टुङ्गो नलगाउन सके फेरी देश अर्को दुर्घटनामा जान सक्ने अवस्था छ ।’ उनले सशस्त्र द्वन्द्वको प्रक्रिया टुङ्गो लगाउन पनि नेपाली काँग्रेसले जिम्मेवारी लग्नुपर्ने बताउँदै –‘गाह्रो छ तर, यसो भन्दैमा हामी जिम्मेवारीबाट भाग्दैनौं ।’

  • संविधान कार्यान्वयनमा ध्यान
बुधबार, असोज १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.