बैतडी- बैतडीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा बुत्रवार वर्न हस्पिटल किर्तिपुरमा मृत्यु भएको हो ।
गएको भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगन्ज लगिएको थियो । नेपालगन्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो ।
किर्तिपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । घाँस काट्ने क्रममा विद्युत्को हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो ।













