धनगढी- धनगढीमा सवारी साधन चेकिङमा खटिएका ट्राफिक प्रहरी र चालक घाइते भएका छन्। धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षणका क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले बिहीबार साँझ ट्राफिक प्रहरीलाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय सुशान्त विष्ट पनि गम्भीर घाइते भएका छन्। घाइते भएका उनको पनि माया मेट्रो अस्पतालकै आइसियु कक्षमा उपचार भइरहेको बताइएको छ।















